उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौं।चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई आकस्मिक रुपमा अस्पताल पुर्याइएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
पेकिङ युनियन अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियुबाट जनरल वार्डमा सारिएको छ।
श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार मन्त्री श्रेष्ठले आफ्नो स्वास्थ्यमाा सुधार भएको जानकारी गराएका छन्।
बुधबार राति १ बजे बेइजिङमा हृदयघात भएपछि श्रेष्ठलाई स्थानीय पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।उनको मुटुको बायाँ धमनीमा अवरोध देखिएपछि तुरुन्तै ‘स्टेन्ट’ राखिएको अस्पतालले जानकारी दिएको छ।
उनी तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका थिए।