एम्बुलेन्समा गांँजा भेटिएपछि चालक पक्राउ



बारा । जिल्ला प्रहरी कार्यालय बाराले दुई किलो पाँच सय ग्राम गाँजासहित भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।

सवारी चेक जाँचका क्रममा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा साढे २ किलो गाँजा भेटिएपछि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको हो । सो गाँजा, एम्बुलेन्स र चालकलाई मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

गत शुक्रबार महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट गाजा ओसारपसारमा संलग्न एम्बुलेन्सका चालक भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवान र बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्