एसियन गेममा रजत पदक बिजेता एरिकालाई टोखामा भब्य स्वागत



काठमाडौं।मित्रराष्ट्र चिनको होङ्जाउमा सम्पन्न १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराते खेलमा ऐतिहासिक रजत पदक बिजेता एरिका गुरुङलाई टोखा नगरपालिका गोङ्गबुमा भब्य स्वागत तथा सम्मान एवम बधाई कार्यक्रम गरिएको छ। एरिका गुरुङले करातेमा ६८ केजीतर्फ रजत पदक जिती इतिहास रचेकी थिइन।

वादोकाइ कराते डो संघ नेपालका उपाध्यक्ष सन्जय महर्जनको संयोजकत्वमा आयोजित सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वडा अध्यक्ष मचाकाजी महर्जन, नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष निरेशलाल सिंह, वादोकाइ कराते डो संघ नेपालका केन्द्रीय सदस्य पुरुषाेतम महर्जन लगायत गोङ्गबुका ठुलो संख्यामा स्थानीय वासिन्दाहरुले सम्मान एवम बधाई ज्ञापन गरेका थिए।

उक्त कार्यक्रममा एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्ने एरिका राई लगायत हालै सप्पन्न १०औं बिश्व सितोरियो कराते प्रतियोगितामा भागलिइ पदक जित्न सफल बिजेता खेलाडीहरु सन्तोस श्रेष्ठ, सबिना श्रेष्ठ र पुष्प लामालाइ पनि बधाई सम्मान सहित नगर परिक्रमा गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्