दशैंका लागि आजदेखी नयाँ नोट साट्न पाइने



काठमाडौं ।सर्वसाधारणले दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाउने भएका छन् । वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ ।

नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैंकले नयाँ नोट दिइसकेको छ । एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।

पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले उपलब्ध गराइने शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्