केदार माबि विद्यार्थी सहायता कोषमा कांग्रेस नेता कार्कीको ६६ हजार बढी सहयोग



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले नेचासल्यानस्थित केदार माबिद्वारा स्थापित विद्यार्थी सहायता कोषमा ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यालयद्वारा शनिबार आयोजित बृहत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता कार्कीले सो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रमका विशिष्ट अतिथि कार्कीले केदार माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न खेलेको भूमिका अतुलनीय रहेको भन्दै आफ्नो क्षमताले भ्याएसम्म विद्यालयको हितमा सदैव लागिपर्ने बताएका थिए।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमराज कटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयले सञ्चालन गरेको विद्यार्थी सहायता कोषमा हालसम्म ५ लाख ५० हजारभन्दामाथि रकम संकलन भएको जानकारी गराईएको थियो।

प्रतिक्रिया दिनुहोस्