एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वले लियो सपथ



विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडासहित नवनिर्वाचित प्रदेश अध्यक्ष,पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। । उनीहरुलाई अध्यक्ष ओलीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

एमालेको कोशी प्रदेश कमिटी उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका थिए ।सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका थिए । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचन भए ।

प्रतिक्रिया दिनुहोस्