डाक्टरमाथिको कुटपिट निन्दनीय



प्रमिला पाण्डे थापा,सरकारसंग ५ बुंदे सहमति गरेर काममा फर्किएको २४ घण्टा बित्न नपाउंदै आईतवार डाक्टरले बिरामीका आफन्तहरुबाट कुटिनु परेको घटना सार्बजनिक भएको छ।

उपचार ढिलो भएको या उपचारका क्रममा बिरामीको मृत्यु भएको आक्रोश डाक्टरमाथि पोख्ने क्रम बढेको आजकै घटनाले पनि पुष्टि गरेको छ।मानिस जन्मेपछी एक दिन अवश्य पनि मृत्युवरण बेहोर्नु नै पर्द्छ । कुनै पनि व्यक्ति, जनावर को मृत्यु अस्पतालमा लाँदै गर्दा र डाक्टरहरुले जाँच्दै गर्दा बिरामीको मृत्यु भयो भनेर डाक्टरलाई कुटपिट गर्नु निन्दनीय कुरा हो ।

काल को गति के थाहा !! कति बेर आउछ,कसैलाइ थाहा छैन्।कबि लेखनाथ पौडेलले कवितामै लेखेका छन्,- ‘आयो टप्प टिप्यो लग्यो त्यो टारेर टर्दैन त्यो’ !! थाहा पाउने भए किन डाक्टर नै चाहिन्छ र ! डाक्टरको चाहिँ मृत्यु हुदैन र ? हो आफ्नो मानिसको मृत्यु भए पिर लाग्नु र डाक्टरलाई सोधपुछ गर्नुपर्द्छ तर डाक्टरले बचाउन नसकेको खण्डमा डाक्टरलाईनै दोषारोपण गर्नु एक मुर्खता हो । अनि बिरामी लाई अस्पताल लग्यो र बिरामीको मृत्यु भयो भने दिनरात खटिने डाक्टर माथी नै जाइलाग्ने यस्तो प्रवृत्ति हटाउन सरकारले ठोस कदम चाल्नु पर्ने देखिन्छ ।

जतिसक्दो यस्तो क्रियाकलाप गर्नेलाइ र गराउनेलाई सजाय दिएमा यस्तो घटना घट्न पाउने थिएन। अब हरेक अस्पतालमा बिरामीको आफन्तहरुलाइ अस्पतालले पहिला एउटा नियमको कागजमा सहि गराउनु जरुरी छ। यो कुरा सबैले बुझ्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्