अभिनेता अनमोल केसी सांगाबाट पक्राउ



काठमाडौँ।अभिनेता अनमोल केसीलाई प्रहरीले शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार १० लाख रुपैयाँ एडभान्स लिएर साइन गरेको फिल्ममा सम्झौता नै नगरेको भनेपछि निर्माता सुप्रिया कटुवालका उजुरीका आधारमा केसी पक्राउ परेका हुन्।

केसीले ‘रावायण’ फिल्मका लागि १० लाख रुपैयाँ एडभान्स लिएर साइन गरेको तर आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि निर्माता कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा उजुरी दिएकी थिइन्। प्रहरी स्रोतका अनुसार निर्माता कटुवालले गतअसोज ८ गते उजुरी दिएकी हुन्। सुदर्शन थापाको निर्देशनमा निर्माता कटुवालले यो फिल्म बनाउन लागेकी थिइन्।

आफ्नो फिल्मका लागि साइन गरेर केसीले अर्को फिल्म ‘फर्कीफर्की’ मा काम गर्ने भएपछि कटुवालले धोका भएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्