राजविराजबाट पक्राउ परे मधेस प्रदेशसभा सदस्य सिंह
सप्तरी।प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
सिंह माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा आरोपी हुन। विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

