सामुद्रिक आँधीबाट अमेरिकाका कयौं राज्य प्रभावित, तीन जनाको मृत्यु,हजार भन्दा बढी उडान प्रभावित



एजेन्सी।अमेरिकाका कयौँ राज्य इडालिया सामुद्रिक आँधीबाट प्रभावित भएका छन्।

सामुद्रिक आँधीबाट क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य छिमेकी राज्य पनि आँधीका कारण प्रभावित भएका छन्।

जर्जियामा आँधीबाट ३ जनाको मृत्यु भएको छ। आँधीका कारण एक हजारभन्दा धेरै उडान प्रभावित भएका छन्। तीव्र हावा र विमानस्थलमा समेत बाढीको असर परेकाले एक हजारभन्दा धेरै उडान रद्ध भएको अधिकारीहरुले जनाएका छन्।

आँधीका कारण राष्ट्रपति जो बाइडेनले आफ्ना सार्वजनिक कार्यक्रमहरु रद्ध गर्नुपरेको ह्वाईटहाउसले जनाएको छ।

आँधी प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ। क्यालिफोर्नियाका अधिकांश बस्ती जलमग्न भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्