बास्तोलाद्वयको पहलमा पहिरो पीडित बास्तोलालाई जुट्यो ३ लाख बढी सहयोग



काठमाडौं।पहिरोका कारण घरबार बिहिन भएका नेचासल्यान-५ सोलुखुम्बुका राजन बास्तोलालाई रकम हस्तान्तरण गरिएको छ।

प्रस्तावित नेचासल्यान बास्तोला समाजमार्फत सचिब दिनराज बास्तोलाको पहलमा काठमाडौंमा संकलित रकम नेचासल्यान वडा नं-५ का वडा सदस्य तेजकुमार बास्तोलालाई बैंकमार्फत हस्तान्तरण गरिएको उनले बताए । सचिब बास्तोला र वडा सदस्य तेजकुमारको पहलमा पहिरो पीडित बास्तोलाका लागि कूल ३ लाख ४ हजार २ सय एकानब्बे रुपैयाँ संकलन भएको थियो।

काठमाडौंमामात्रै १ लाख २१ हजार ६३ रुपैयाँ संकलन भएको सचिब बास्तोलाले जानकारी दिए।कूल रकमका लागि १४१ जनाको सहयोग रहेको उनको भनाई छ।उनका अनुसार नेचासल्यान-२ माइती भएकी क्यान्सर पीडित मनिषा बास्तोलालाई २१ हजार ५ सय असी रुपैयाँ आर्थिक सहयोग जुटेको छ।

प्रतिक्रिया दिनुहोस्