इस्लामाबादस्थित दूतावासमै पुगेर पाकिस्तानद्वारा नेपालमा भएको बाढीजन्य क्षतिप्रति दु:ख व्यक्त



इस्लामाबाद,१५ भदौ । पाकिस्तानका राष्ट्रपतिको निर्देशनमा पाकिस्तानका पूर्वसिनेट अध्यक्ष सैयद नय्यार बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्।

गत साता चीन–नेपाल सीमावर्ती क्षेत्रमा पहिरो, भीषण बाढी तथा हिमनदी विस्फोटबाट भएको क्षतिप्रति पाकिस्तानका राष्ट्रपति र पाकिस्तानी जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्न उनीहरू दूतावास पुगेका हुन्।

त्यस अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले उनीहरूलाई स्वागत गर्दै कठिन परिस्थितिमा नेपालप्रति पाकिस्तान सरकार र जनताले व्यक्त गरेको सहयोग तथा सहानुभूतिप्रति आभार व्यक्त गरेको बताइएको छ ।

सो अवसरमा बोखारी र सोलांगीले नेपाली दूतावासको आगन्तुक पुस्तिकामा समवेदना तथा ऐक्यबद्धताका सन्देशसमेत लेखेका थिए।

प्रतिक्रिया दिनुहोस्