पार्टीको राष्ट्रिय अभियान सफल बनाउन सबै एक ढिक्का भएर परिचालित हुने माओवादी केन्द्र सोलुखुम्बुको निर्णय



सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुले पार्टीले सन्चालन गरेका राष्ट्रिय अभियान सफल बनाउन जिल्लाभित्रका सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुको शनिबार सप्पन्न पूर्ण तेस्रो बैठकले ‘जनतासंग माओवादी,बिशेष रुपान्तरण अभियान’ सफल बनाउन सबैजना एकढिक्का भएर परिचालित गर्ने निर्णय गरेको संयोजक अशिम राइले जानकारी दिनुभयो।

बैठकले भदौ १५ गतेभित्र सबै गाउँपालिका कमिटीको बैठक र १६ गते जिल्लाभित्र रहेका ५२ वटै वडामा एक साथ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।बैठकमा उपलब्ध प्रदेश कमिटी सदस्य,जिल्ला समन्वय कमिटी सदस्य तथा जनबर्गीय संगठनका प्रमुखहरुको उत्साहजनक सहभागिता रहेको उनले बताए।

माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक राईको अध्यक्षतामा सम्पन्न बैठकमा अजम्बर राई काङ्बाङको प्रमुख आतिथ्य तथा हिमाल राई र सोलुखुम्बु जिल्ला इन्चार्ज ऐकचन्द्र बरालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

अभियानका लागि माओवादी केन्द्रले केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सदस्यहरुलाई अन्तरजिल्ला जिम्मेवारी दिएको छ।सोलुखुम्बुबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको जिम्मेवारी अर्को जिल्लामा दिइएको छ।

साउन अन्तिम साता सम्पन्न माओवादी केन्द्र केन्द्रीय समितिको बैठकले ‘जनजनमा माओवादी’ ‘रुपान्तरण अभियान’ तीन महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्