कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने तीन जना इटहरीबाट पक्राउ



ईनरुवा।महिलामाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने पांच जना मध्ये ३ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ८(सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई, बर्ष २२ की बिनिता उराँउ छन्इ।उनीहरूलाई इप्रका महेन्द्रनगरवाट खटिएको प्रहरी टोलीले इटहरीबाट पक्राउ गरेको हो।पाँच जना अभियुक्तहरुमध्ये बराहक्षेत्र वडा नं.१० प्रकाशपुर(भुजेलटोल) बस्ने बर्ष १९ की प्रिति लिम्बुलाई यसअघि नै महेन्द्रनगरबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

अभियुक्तहरुले १९ की मनिषा राईसहित तीनजनाले आफुहरुको बेईज्जती गरेको भन्दै गत असार २९ गते झक्क्याएर सोही नगरपालिकाको वडा नं.९ राजाबासस्थित चिहान डाँडाको कोशी किनारमा बोलाएर कुटपिट गरी त्यसको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।घटनामा संलग्न दुई जना अझै फरार रहेको सुनसरी प्रहरीले जनाएको छ।फरार रहेका थप २ जनाको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्