तरुण दल केन्द्रीय सदस्य थापाद्वारा जीवनज्योति माबिका छात्र देवेन कार्कीलाई छात्रवृत्ति हस्तान्तरण



सोलुखुम्बु।जीवनज्योति माबि कांगेलमा कक्षा ८ मा अध्ययनरत छात्र देबेन कार्कीलाई पन्ध्र हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले सोमबार एक दातामार्फत प्राप्त सो रकम कार्कीलाई छात्रवृत्ति स्वरुप हस्तान्तरण गरेका हुन्।सो अवसरमा जिल्ला समन्वय समिति सोलुका सदस्य सोमराज केसी र नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेतको पनि उपस्थिति रहेको थियो।

पढाईमा अब्बल भएपनि आर्थिक रूपमा कमजोर रहेका कार्कीलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराईको थापाले रहस्य खबरलाई बताए।थापाका अनुसार कार्कीलाई आगामी बर्षहरुमा समेत छात्रवृत्ति उपलब्ध गराइने छ।

प्रतिक्रिया दिनुहोस्