५० प्रतिशत अनुदानमा नेचासल्यान गाउँपालिकाले उपलब्ध गरायो किसानलाई हाते ट्याक्टर



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर उपलब्ध गराएक छ।

बैकल्पिक बजेटको ब्यबस्थापन गरेर खरिद गरिएका ४० वटा मध्य २१ वटा हाते ट्याक्टर आइतबार गाउँपालिका अध्यक्ष धनजन राईले आइतबार बितरण गरेका हुन्।गाउँपालिकाको कृषि शाखा प्रांगणमा आयोजित कार्यक्रममा वडा नं ३,४ र ५ का आवेदनक किसानहरुलाई बितरण गरिएको र सोमबार वडा नं १ र २ का १९ किसानलाई बितरण गरिने नेचासल्यान गाउँपालिकाले जनाएको छ।

खेतीबाली लगाउने मुख्य समयमा लम्की स्किन रोगले अधिकांश गाईगोरु थला परेका कारण किसानलाई राहत होस् भन्ने उद्देश्यले बैकल्पिक बजेटको ब्यबस्थापन गरेर ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष राईले रहस्य खबरलाई बताए ।अध्यक्ष राईका अनुसार गाउँपालिकाले प्रतिगोटा ६८ हजारमा खरिद गरेको हो।गोरु बिरामी भएर खेत बाँझै छोड्नुपर्ने अवस्थामा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएपछि रोपाइँका लागि केहि सहज भएको किसानहरुको भनाई छ।

मुलुकब्यापी रूपमा फैलिएको लम्की स्किन रोगका कारण नेचासल्यानमा हालसम्म पांँच सय भन्दा बढी गाईबस्तु संक्रमित रहेको आधा दर्जन भन्दा बढीको मृत्यु भएको अध्यक्ष राईले जानकारी दिए।निको पार्न नसकिए पनि महामारीका रूपमा फैलिएको सो रोगको नियन्त्रणका लागि गाउँपालिकाले प्रत्येक वडामा पशु प्राविधिक परिचालन गरेको उनको भनाई छ। ‘लम्की स्किनले प्रकोपको रुप लिएपछि त्यसको नियन्त्रणका थप ३ लाखको औषधि पनि खरिद गरिएको छ’,- अध्यक्ष राईले भने।

प्रतिक्रिया दिनुहोस्