जबज नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो : पूर्बराष्ट्रपति भण्डारी



काठमाडौं ।मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार मकवानपुरकी निरुकुमारी मगर र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बुका डा. मिङमार ग्याल्जेन शेर्पालाई प्रदान गरिएको छ।

जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मगर र शेर्पालाई सो पुरस्कार प्रदान गरेकी हुन।

कार्यक्रममा भण्डारीले मदन भण्डारीको विचार स्मरणीय रहेको बताएकी छन्। उनले नेपाली राजनीतिमा मदन भण्डारीको भूमिका प्रशंसनीय रहेको बताइन्।

‘जननेता मदन भण्डारीले २०४६ सालको जनआन्दोलनको एक सूत्रधार हुनुहुन्थ्यो। आन्दोलनको सफलतापछि राष्ट्रियताको लागि उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छ। उहाँले समयको पदचापलाई स्पष्टरुपमा बुझ्न सक्ने नवीन विचारक हुनुहुन्थ्यो,’ उनले भनिन्।

उनले नेपाली लोकतन्त्रको मौलिक अभ्यास र अनुभवसमेतका आधारमा मदन भण्डारीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपदान गरेको बताइन्। यही कारणले उहाँलाई अद्वितीय विचारको रूपमा नेपाली समाजमा ग्रहण गरेको उनको भनाइ छन्। ‘उहाँले देख्नुभएको बाटोमा हामी निष्ठापूर्वक तरिकाले अगाडि बढिरहेका छौं। जबज कुनै एउटा राजनीतिक दलको विचारमात्र नभएर नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो,’ उनले भनिन्।
file foto

प्रतिक्रिया दिनुहोस्