तरुण दलको केन्द्रीय समितिमा सोलुखुम्बुबाट चार सदस्य मनोनीत



काठमाडौं । नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा ४०० सदस्य मनोनयन गरेर बुधबार पूर्णता दिइएको हो।

केन्द्रीय तदर्थ कार्यसमितिमा सोलुखुम्बुबाट चार सदस्य मनोनीत भएका छन्।मनोनीत सदस्यहरुमा अशोक झा,पोषकुमार (पुष्कर) बास्तोला,नवीन थापा र अश्विनबाबु थापा रहेको जनाईएको छ।

मनोनीत सदस्यमध्य झा नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष हुन् भने बास्तोला पार्टी र विद्यार्थी राजनीतिमा उत्तिकै सक्रिय छन्।पार्टी मा प्रदेश महाधिवेशन प्रतिनिधि रहेका बास्तोला नेबिसंघ आरआर क्याम्पस इकाई समिति सभापति छन्।

त्यसैगरी, नवीन थापा कांग्रेस महाधिवेशन प्रतिनिधि र अश्विनबाबु नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’ का सचिब छन् । ((फोटो:सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्