बहुमतले पारित भयो बजेट



काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि ९९.९९ प्रतिशत सांसदकाे विश्वास रहेकाेमा अब ५३ प्रतिशतमा झरेकाे दाबी गरेका छन् ।

बुधबार संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले यस्ताे दाबी गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएकाे विषयमा उनले यस्ताे बताएका हुन् । अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठकबाट बुधबार बजेट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताए । अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको, तर प्रक्रियामा मात्र गएको बताएका हुन्।

यसअघि प्रतिनिधिसभामा बहुमतले बजेट पारित भएको थियो।
बजेटको पक्ष र विपक्षमा मतदान हुँदा विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत खसेको हो।जानकारहरुका अनुसार मतदान गरेर बजेट पास भएको २०४७ सालपछि यो पहिलो पटक हो।

यसअघिका वर्षहरूमा ध्वनि मतका आधारमा बजेट पारित हुने गरेको थियो। यसपालिको बजेटलाई लिएर सत्तारुढ दलहरु नै असन्तुष्ट थिए।

प्रतिक्रिया दिनुहोस्