पहिचान पक्षधरसंग बार्ता गर्न कोशी प्रदेश सरकारले बनायो तीन सदस्यीय समिति



बिराटनगर।कोशी प्रदेश नामकरणप्रति असन्तुष्टी जनाउंदै आन्दोलनरत पक्षसंग बार्ता गर्न कोशी प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा बार्ता टोली गठन गरेको हो ।तीन सदस्यीय बार्ता टोलीका सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन् ।केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले त्यसबिरुद्द निरन्तर आन्दोलन गर्दै आईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्