रुखको हाँगा झार्ने क्रममा हांगाले लागेर सिन्धुलीमा एकजनाको मृत्यु
सिन्धुली।अड्किएको रुखको हांगा ढाल्ने क्रममा हांगाले लागेर सिन्धुलीमा एकजनाको मृत्यु भएको छ । मंगलबार विहान कमलामाई नगरपालिका वडा नं. ७ गडौलीका ६९ वर्षका मानबहादुर लामाको हांगा काट्दा रुखबाट झरेर मृत्यु भएको हो ।

उनी जनकल्याण सामुदायिक वनको बुकाखोलामा हावाहुरीले ढालेर अर्को रुखमा अड्किएको हाँगा झार्ने क्रममा सोही हाँगाले लागेर घाईते भएका थिए । घाईते लामालाई सिन्धुली अस्पतालमा उपचारका लागि ल्याईएकोमा उपचारका क्रममा करीव ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालका अनुसार घाईते लामाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।सांकेतिक तस्बिर

