१५ वटा मुर्रा राँगा ल्याउनेबाहेक प्रधानमन्त्रीको भारत भ्रमणबाट अरु उपलब्धि भएन : गिरी



काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा मुर्रा राँगा ल्याउने बाहेक केहि नभएको टिप्पणी गरेका छन्।

सोमबार प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिनिधिसभामा बोल्दै गिरीले भारत भ्रमण सफल भयो भनेर प्रधानमन्त्रीले भ्रम छर्न खोजेको आरोप लगाउंदै दुई-दुईवटा खोला भारतलाई जिम्मा लगाएको तर नेपाललाई फाइदा हुने कुनै काम नगरेको बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला अरुण तल्लो र फुकोट कर्णाली जलविद्युत बनाउने जिम्मा भारतीय कम्पनीलाई दिने समझदारी भएको थियो। उक्त विषयका बारेमा संसदमा प्रचण्डले जानकारीसमेत गराएका थिए।

गिरीले भने,‘यता विद्युत व्यापार सम्झौता गर्ने भनियो, व्यापार सम्झौता भएन तर दुई दुई वटा खोला बुझाएर आउने काम भयो।’

उनले नेपालले चाहेको कुनै काम भारत भ्रमणमा नभएको बताए। गिरीले भने, ‘देशको मुख्य समस्या पञ्चेश्वर परियोजना अगाडि बढाउने सवालमा, सीमाको विषयमा, भारतीय पूर्वाधार बनाएर नेपाल भूभाग डुवान भएको समस्या समाधान सम्बन्धमा र हवाई रुट लिने सवाल र इपीजीको प्रतिवेदन बुझ्ने सन्दर्भमा कुनै उपलब्धि भएको छैन।’file foto

प्रतिक्रिया दिनुहोस्