एमालेमा पार्टी नेताहरूको जिम्मेवारीमा व्यापक फेरबदल, १४ जना केन्द्रीय सदस्य थपिए



काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी नेताहरुको जिम्मेवारीमा व्यापक फेरबदल गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जमा गोकर्ण विष्ट, मधेस प्रदेश इन्चार्जकमा योगेशकुमार भट्टराई र कोशी प्रदेशको इन्जार्चमा रघुवीर महासेठलाई तोकेको हो ।

बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी भने केन्द्रीय कार्यालयले नै सम्हाले बताइएको छ । स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज तोकिएको छ भने स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एक–एक जना केन्द्रीय सदस्य खटाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव श्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र संगठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकिएको छ ।

यसैगरी,बैठकले एमालेमा १४ जना केन्द्रीय सदस्य थप भएका छन्।एक महिनाअघि एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी छाडेर फर्किएका मुकुन्द न्यौपानेलाई नेकपा एमालेले केन्द्रीय सदस्य बनाएको छ। समाजवादी छाडेर फर्किएका भागवत विश्वासी र चूडामणि जंगली तथा जनता समाजवादीबाट फर्किएका हेमराज राईलाई पनि केन्द्रीय सदस्य बनाइएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए।

उनका अनुसार गत वर्ष भदौमा नेकपा माओवादी केन्द्र छाडेका नेता यामबहादुर परियारलाई पनि नेकपा एमालेले केन्द्रीय सदस्य बनाईएको छ। file foto

प्रतिक्रिया दिनुहोस्