नागरिकता विद्येयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलको संविधान र कानुन विरोधी कार्य



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरीष्ट नेता डा प्रकाशचन्द्र लोहनीले नागरिकता विद्येयक स्वीकृत गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुन विरोधी कार्य गरेको बताएका छन् ।

‘यो (नागरिकता) विद्येयकमा छाप लगाउँदा रास्ट्रपतिजीले नेपालको संविधानले तोकेको प्रक्रिया पुरा गर्नु भएन र यस अर्थमा संविधान र कानुन विरोधि काम गर्नु भएको छ,’ राप्रपाका निर्देशन समितिका अध्यक्ष लोहनीले शुक्रबार भने ।

‘यस सन्दर्भमा हाल नागरिकता सम्बन्धी विद्येयकको पहिलो पाटो भनेको यसलाई रास्ट्रपतिजीले स्वीकृत गर्दा यस सम्बन्धी संवैधानिक प्रक्रिया पुरा भयो कि भएन ? उत्तर छ ः भएन,’ लोहनीले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै भने ।

राष्ट्रपति पौडेलको कदमप्रति आपत्ति जनाउँदै उनले भने, ‘यसो भन्नु पर्दा दुःख पनि लाग्छ तर यथार्थता यही हो । जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई उहाँले चरितार्थ गर्नु भएको छ ।’

राप्रपाका पूर्वअध्यक्ष समेत रहेका लोहनी सबै नेपालीले देशको नागरिकता पाउनु पर्छ र नागरिकका मौलिक अधिकारप्रति सबै नेपालीको समर्थन रहेको प्रष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्