पार्टी नेतृत्वले गर्ने गलत निर्णयको भारी बोक्न अब सकिन्न : गगन थापा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नबदली देश बदल्न नसकिने बताउंदै अब पार्टीलाई बदल्न कांग्रेसका सबै नेता कार्यकर्ताले आफूलाई बदल्न सक्नुपर्ने बताएका छन।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टी नेतृत्वले गरेको गलत निर्णयको भारी अब बोक्न नसक्ने बताए। शुक्रबार पार्टीको आधारभूत मान्यतासग बाँझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका हुन् ।

थापाले भने,‘नागरिकता विधेयकसम्बन्धी विषय,आममाफीको विषय, सांसद् विकास कोषका सन्दर्भमा,प्रदेशमा मन्त्रालय फुटाउने विषय यी यस्ता कयौं विषय छन् । यी विषयहरू नेपाली कांग्रेसको पार्टी सभापतिले,मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय तपाईंहरुले भन्दा मैले अगाडि थाह पाएको हुँ । यो परिपार्टी गएको एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहे । मैले मान्दै आए । किनभने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । अब भने सहन्न ।’

उनले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरि गरिएका कुनै पनि निर्णयहरू लडेर रोक्ने बताए । थापाले भने,‘यो गर्ने क्रमलाई अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो,संघर्ष गरेर रोक्ने हो ।’

प्रतिक्रिया दिनुहोस्