कहालीलाग्दो नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ बर्ष पुरा



काठमाडौं।प्रजातन्त्रबादी राजा बीरेन्द्र शाहको बंश नाश भएको २१ बर्ष पुरा भएको छ।अझसम्म पनि रहस्यको गर्भमै रहेको कहालीलाग्दो सो घटनालाई राजनीतिक स्वार्थ अनुसार विश्लेषण गरिंदै आएपनि स्वतन्त्र बिश्लेसकहरुले यसलाई राजसंस्था समाप्त गर्ने स्वदेशी बिदेशी ग्राइण्ड डिजाइनको औपचारिक सुरुवातका रूपमा अर्थ्याउने गरेका छन्।

२०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। शुक्रबार बेलुकी पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो।

यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रम लगायत दरबार हत्याकाण्डमा मारिएका थिए।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तत्कालीन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्