चक्कु प्रहार गरी प्रेमिका र उनका काकाको हत्या



भैरहवा।कपिलवस्तुमा चक्कु प्रहार गरी दुईजनाको हत्या गरिएको छ ।

प्रेमिकासँग खटपट भएपछि रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले वाणगंगा नगरपालिका ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जनी थारुको हत्या गरेका हुन्।

बिहीवार बिहान मटेरियास्थित अञ्जनीको घरमा पुगेर मोहनले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

उनीहरूलाई बिहीबार बिहान ९ बजेतिर रूपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षीय मोहन थारूले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पताल र अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्