प्रधानमन्त्री प्रचण्डलाई बिदेश राज्यमन्त्री मिनाक्षीले गरिन दिल्लीमा स्वागत



काठमाडौं।चारदिने भारत भ्रमणका लागि आज भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल्ली अन्तरार्ष्ट्रिय विमानस्थलमा विदेशराज्य मन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन्।

प्रधानमन्त्रीले बिहीवार जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्रले बताएको छ। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले जेठ २० गते (३ जुन) काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो। यस भ्रमणले नेपाल र भारतबिचको पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्