एनएमबी बैंकको शाखाबाट दिउंँसै लुटियो ३८ लाख, लुटेराहरुको खोजी कार्य जारी
काठमाडौं। महोत्तरी जिल्लाको मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमाहातहतियार सहित पुगेको ५/६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ।

मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो।’बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,’ मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भने।
बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइककलमा बसेर भागेका थिए।उनीहरूको खोजी कार्य जारी छ। (सांकेतिक तस्बिर)

