सिन्धुलीको दूधौलीमा सर्पले डसेर दाजुभाइको मृत्यु



सिन्धुली।सिन्धुलीको दूधौली नगरपालिका-१ कुर्थौलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मृत्यु हुनेमा गणेश पहाडी र गंगा पहाडीका छोरा १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी छन्। मृत्यु हुने बालकहरु दाजुभाइ हुन्।

ओछ्यानमा सुतिरहेका उनीहरूलाई आज बिहान ३ बजे सर्पले डसेको थियो। उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

सर्पले ग्रिसलाई बाँया हातको औंलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्