नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान राजनीतिक उद्देश्यले तोडमोड गरिएको युवा संघको आरोप
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले नक्कली भूटानी शरणार्थी प्रकरण अनुसन्धानको क्रममा घटनाको प्रारम्भ प्रतिवेदन परिवर्तन गर्ने क्रममा संलग्न र मानव तस्करीमा संलग्न व्यक्तिहरूभन्दा पनि राजनीतिक उद्देश्यले अनुसन्धानलाई तोडमोड गर्ने गराउने कार्य भएको आरोप लगाएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउंदै युवा संघले बिहिवार सो आरोप लगाएको हो।सो प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्द युवा संघको केन्द्रीय कमिटीले बुझाएको ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता र अख्तियार प्रमुखमाथि प्रतिशोध साँध्न खोजेको आरोप समेत लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अभियुक्तहरूले प्रहरी हिरासतमा दिएको बयानलाई नै प्रभावित हुनेगरी कतिपय उच्च प्रहरी अधिकारी र प्रशासनिक असिधिकारहीको समेत योजनामा कतिपय अभियुक्तहरूको थप बयान लिएर नेकपा एमालेका नेताहरू, अख्तियारका प्रमुख आयुक्त समेतलाई आरोप लगाउनले बदनाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारबाही गर्ने राजनीतिक प्रतिशोध लिने तहसम्मको षड्यन्त्र भएको महसुस भएको छ।’
अनुसन्धानको प्रत्येक विवरण मिडियामार्फत् सार्वजनिक गर्ने कार्यबाट र व्यक्तिगत तथा राजनीतिक स्वार्थका आधारमा अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको युवा संघले जनाएको छ ।सो प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् भने, उपाध्यक्ष रामबहादुर थापा बादल, एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकिय सचिवलगायतको नाम बयानको क्रममा आएपछि युवा संघले गृहमन्त्रीको ध्यानकर्षण गराएको हो ।