आज उपत्यका बिदा,रातो मच्छिन्द्रनाथको भोटो देखाईंदै
काठमाडौं।सरकारले काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिएको छ।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको भएका कारण सरकारले सार्बजनिक बिदा दिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे सो भोटो देखाइने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौँथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।