मुलुकको बिकास र समृद्धिका लागि सरकारले प्रबासी नेपालीहरुसंग हातेमालो गर्नु आवश्यक : कार्की



काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेता प्रकाशसिं कार्कीले बद्लिंदो बिश्वब्यापी परिबेशबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रत्येक बर्ष गणतन्त्र दिवसरको अवसरमा एनआरएनए एनसीसी न्युयोर्क च्याप्टरद्वारा हरेक बर्ष मनाउँने गरिएको ‘नेपाल डे परेड’मा सहभागी हुन अमेरिका पुगेका बेला गिरिजा प्रसाद कोईराला फाउण्डेशन उडसाईडद्वारा आयोजित अर्को कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उद्यमी समेत रहेका कार्कीले मंगलबार सो कुरा बताएका हुन्।

विश्वव्यापी रूपमा दिनदिनै परिवर्तन हुने राजनीतिक, सामाजिक र आर्थिक परिवेशको अध्ययन गरेर सकारात्मक कुराहरु ग्रहण गरेर त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसकेका कारण नेपालको अवस्था बिग्रँदै गएको कार्कीको भनाई थियो । बर्तमान बिज्ञान र प्रबिधिको युग भएकाले यसको प्रयोग मुलुकको राजनीतिक,आर्थिक र सामाजिक रुपान्तरणका लागि हुनुपर्ने बताउंदै कार्कीले भने,- ‘बिदेशको जुनसुकै कुनामा रहेपनि सम्पूर्ण नेपालीहरु मुलुकको सुशासन र समृद्धिका लागि उत्प्रेरक बन्नुपर्छ।’देशको समृद्धिका लागि सरकारले प्रबासमा रहेका नेपालीहरुसंग हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

मुलुकको राजनीतिक परिवर्तनका लागि स्वर्गीय गिरिजाप्रसाद कोइरालाले निर्बाह गरेको भूमिकाको चर्चा गर्दै पूर्ण प्रजातन्त्रसहितको समृद्ध राष्ट्र निर्माण गर्ने वहाँको सपना पुरा गर्न सबै दृढ भएर लाग्नुपर्नेमा उनको जोड थियो।

कार्कीलाई फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाएर फाउन्डेसनको कार्यालयमा स्वागत गरेका थिए।सो अवसरमा फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री र ध्रुव कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष घिमिरे,युनाईटेड शेर्पा एशोसीएसनकी पुर्व अध्यक्ष, युवा नेता एवं समाजसेवी रामवावु पन्त,फाउन्डेशनका कार्यसमिति सदस्यहरु सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री,ध्रुव कुँवर क्षेत्री र फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले आ-आफ्नो धारणा राखेका व्यक्त गरेको सो कार्यक्रममा काभ्रेका युवा नेता समाजसेवी एवं उद्यमी रामवावु पन्त, युनाईटेड शेर्पा एसोसिएशन अमेरिकाका निवर्तमानअध्यक्ष श्रीमति छिरिङ शेर्पा, मकवानपुरका युवा नेता बिरेन्द्र मानन्धर, समाजसेवी श्याम कार्की, फाउण्डेशनकै सदस्यद्वय राजीब कुमार बतास, पासांङ शेर्पाको पनि उपस्थिति थियो ।

यसअघि सोमबार आयोजित नेपाल डे परेड-2023 मा अमेरिकामा रहेका झण्डै आठ सय नेपालीहरुको सहभागीता रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्