पाकिस्तानी राजदूत हास्मीद्वारा‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’उद्घाटन
काठमाडौं।नेपालीस्थित पाकिस्तानी राजदूतावासद्वारा काठमाडौंको सहिद गंगालाल अस्पताल नजिकैको बाँसबारी क्लबमा निर्मित ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क’को उद्घाटन गरिएको छ।
प्रमुख अतिथि नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले पार्क उद्घाटन गर्दै पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क निर्माणमा काठमाडौं सिटी र एचआरएस एडभेन्चर लिमिटेडसँगको साझेदारीको प्रशंसा गरे। उनले यो पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रूपमा रहेको बताउंदै पाकिस्तान र नेपाली जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए ।
उनले यस सुन्दर पार्कको विकासमा दूतावासलाई सहयोग गर्ने अवसर प्रदान गरेकोमा काठमाडौंका प्रशासक र नगरपालिका, सरकार र नेपाली जनतालाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथिहरुले नेपालका जनतालाई ‘ओपन एयर जिम’ सुविधा प्रदान गरेकोमा पाकिस्तान सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनीहरुले पार्कले दुई देशबीचको मित्रता र सहयोगको दीर्घकालीन प्रतीकका रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरेका छन् । पाकिस्तान-नेपाल फ्रेन्डसिप पार्क पाकिस्तान र नेपालका जनताबीचको साझा आकांक्षा र मित्रताको अन्त्यका लागि समर्पित छ। पार्कले बाँसबारी क्लबमा रहेका सबै उमेर समूहका मानिसहरूका लागि साझा सुविधाको रूपमा काम गर्ने बिश्वास गरिएको छ।
उक्त सुविधाका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास र स्थानीय नगरपालिकालाई धन्यवाद दिएका थिए । उनीहरुले ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए जसलाई उनीहरुका बालबालिका तथा वृद्धवृद्धाहरुले उनीहरुको स्वास्थ्यको हितका लागि प्रयोग गर्नेछन् ।
कार्यक्रममा वडा नं ३ काठमाडौंका अध्यक्ष प्रेम थापा, काठमाडौं लायन्स क्लबका अध्यक्ष अनन्त भेटवाल, नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र जिल्ला अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति रहेको थियो ।