नीति तथा कार्यक्रमले राष्ट्रिय आकांक्षालाई आत्मसात गरेको प्रधानमन्त्री दाहालको दावी
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दावी गरेका छन् ।
मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नैतिक धरातलबाट सोच्दा राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको दावी गरेका हुन् ।
“यो नीति कार्यक्रम तयार पार्दै गर्दा म प्रधानमन्त्री भएपछि दुईवटा गठबन्धन बने । पहिलो गठबन्धनको सैद्धान्तिक प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भनेर हामीले घोषणा गरिएको थियो । त्यसलाई र दोस्रो गठबन्धनले त्यो साझा नीति कार्यक्रमलाई समेत ध्यानमा राखेर अर्को साझा कार्यक्रम तयार पा¥यो,” उनले भने, “यो नीति कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको नीति कार्यक्रम बन्न गएको छ ।”
गत शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने भन्दै प्रधानमन्त्री दाहालले सत्ता र प्रतिपक्षी दलबाट समर्थन पाएको सरकारले ल्याएको नीति तथा कार्यक्रममा विभिन्न मौलिक विशेषता पाउने दोहोर्याए ।
नीति तथा कार्यान्वयन सबै पक्षलाई जोड दिएको पनि बताउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयासबाट कार्यान्वयन सम्भव रहेको स्पष्ट पारे ।राष्ट्रिय आकांक्षालाई आत्मसात गरेको नीति तथा कार्यक्रमले संघीयताको सुदृढीकरण, अर्थतन्त्रको पुनर्संरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएर सम्बोधन गरिएको बताए ।
प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृजनालाई पनि नीति तथा कार्यक्रमले जोड दिएको बताएका छन् ।file foto