हरेक तहका समितिमा ४० बर्षमुनिका युवालाई निश्चित संख्यामा प्रतिनिधित्व गराउने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गराउने भएको छ।

जेठ १ र २ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्बजनिक गर्दै राप्रपाले सो जानकारी गराएको हो।बैठकले सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई संगठनलाई गैरराजनीतिक बनाउने लगायतका १७ बुँदे निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए।
बैठकको निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरू परिमार्जनसहित पारित गरिनुका साथै सबै केन्द्रीय नेताहरूलाई शिघ्र भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ।

