मुना भुर्तेल अभिनित ‘भुल्न कति गाह्रो’ म्युजिक भिडियो सार्बजनिक



काठमाडौं ४ जेठ । मोडलिङ क्षेत्रमा मुना भुर्तेलको निरन्तरता चलिरहेको छ । भुर्तेल मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएकी छन् । उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै उनले यो सफलता हासिल गरेकी हुन् ।

मुना भुर्तेल अभिनित पछिल्लो म्युजिक भिडियो ‘भुल्न कति गाह्रो’ सार्वजनिक भएको छ । उनको अभिनय रहेको भिडियो ‘मैले गर्ने बिश्वास’ केही समय पहिले सार्वजनिक भएको थियो । सानै देखि नै नृत्य तथा अभिनयमा औधी रुची भएका मोडल भुर्तेल यो भिडियोमा धोकेबाज प्रेमिकाको भुमिकामा देख्न सकिन्छ ।

उनलाई अभिनयमा रोहित जोशी, स्वता श्रेष्ठ, कुमार जोशी, कुष्ण अधिकारी आदिले साथ दिएका छन् । शब्द, संगीत र स्वर दिवान किरणको रहेको भिडियो बिवेक बिकले खिचेका हुन् भने दिवान किरणको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्