नक्कली भुटानी शरणार्थी प्रकरण : रामकुमारी झाँक्रीले गरिन आरजुको बचाउ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद आरजु देउवा राणालाई पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाली कांग्रेसको सभापतिकी पत्नी भएकाले नखाएको विष लागेको बताएकी छन्।

नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसद डा. आरजु राणा देउवामाथि ‘साइबर बुलिङ’ र ‘मिडिया बुलिङ’ भइरहेको आरोप लगाउंदै एक रेडियो अन्तरबार्तामा झांक्रीले सो कुरा बताएकी हुन्।उनले अन्तरबार्तामा भनेकी छन,- कुनै अनुसन्धान नगरीकन फ्याक्ट वा फाइन्डिङ नभईकन फलानो-तिलानो बोषी हो भनेर अनावश्यक विवादमा मुछिएको छ । यो साइबर र मिडिया बुलिङकाबावजूद संसदमा आएर कन्फिडेन्टसाथ छानबिन गर्नुपर्छ भनिरहनुभएको छ । जुनसुकै घटनामा आरोपित गरेर कसैको चरित्रहत्या गर्नु उचित होइन ।

