पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा फेला परे रायमाझी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिन पछि रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन्।सांसद तथा नेकपा एमालेका सचिब समेत रहेका रायमाझी आफैंले काठमाडौंको बुढानिलकण्ठमा प्रहरीसामु आत्मसमर्पण गरेको बताइएको छ।

यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित उनको घरमा छापा मारेको थियो। रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट २० गते पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी हुंदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए ।
उक्त घटनामा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

