निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न



काठमाडौ । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनलद्वारा आयोजित राष्ट्रियस्तरको वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौंको गुहेश्वरी मावि सिनामंगलमा सम्पन्न प्रतियोगितामा वक्तृत्वकलातर्फ सिजन कार्की (काठमाडौं) प्रथम,प्रिन्सा गिरी (दाङ) द्धितीय र ऋीजोनि बानियाँ (काठमाडौं) तेस्रो तथा निबन्ध लेखनतर्फ पुरवि अधिकारी प्रथम, प्रशंसा अधिकारी द्वितीय र मुकेश ठाकुर तेस्रो भएको आयोजकले जनाएको छ।

प्रथम,दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगीलाई नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनलका गर्भनर पृथ्वीराज थापा र निबर्तममान गर्भनर उदय कुमार निरौलाले शिल्ड मेडल प्रमाण प्रत्र र अन्य उपहार प्रदान गरेका थिए।

कार्यक्रममा का.म.न.पा.वडा नं.९ का वडा सदस्य टेकराज अधिकारी, सो कार्यक्रम मा वक्तृत्वकला समिति को संयोजक एवम् गुहेयश्वरी माविका प्रधानाध्यापक मेघ वहादुर वन्जरा, गुहेश्वरी मावि ब्यबस्थापन का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ बन्दना भुसाल र शरन रत्न स्थापित मन्तव्य ब्यक्त गरेका थिए।

महासचिव प्रकाश घिमिरेले संस्थाको वारेमा जानकारी गराएको सो कार्यक्रमको सञ्चालन संस्थाको लेफिटेन्ट गभर्नर रिना श्रेष्ठ ले संचालन गरेकी थिइन।कार्यक्रम गर्भनर पृथ्वीराज थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्