रायमाझीले अनुसन्धानमा सघाउनुपर्ने एमालेको निर्णय



काठमाडौं।नेकपा एमालेले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा भएको ठगी प्रकरणमा जोडिएका सचिव टोपबहादुर रायमाझीले कानुनअनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो ।

रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले अहिले अनुसन्धान चलिरहेको र अहिले नै दोषी देखिइनसकेकाले यस्ता कुरामा हतार गरेर नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्