बजेट अधिबेशन बैशाख २४ गतेबाट सुरु हुने
काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

बुधबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।संसदको यही अधिबेशनमा सरकारले बजेट प्रस्तुत गर्ने भएका कारण यसलाई बजेट अधिबेशन पनि भन्ने गरिएको छ।
यसअघि मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत वैशाख १५ गते रातिदेखि दुवै सदनको संसद अधिवेशन अन्त्य भएको थियो । file foto

