प्रचण्ड सरकारमा थपिए कांग्रेसका तीन मन्त्री,कोइराला पक्षबाट दुई र देउवा पक्षबाट एक जना



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस तीन जना नेतालाई बुधबार मन्त्रीमा नियुक्त भएका गरेका छन्। बुधबार मन्त्री नियुक्त कांग्रेसका तीन नेतामा उपसभापति धनराज गुरुङ, सांसद मोहनबहादुर बस्नेत डिगबहादुर लिम्बु मन्त्री भएका छन्। गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहिवार पद तथा गोपनीयताको सपथ गराउने बताइएको छ। नवनियुक्त तीन मन्त्रीमध्ये गुरुङ र लिम्बु शेखर कोइराला समूहका हुन् भने स्वास्थ्य मन्त्री बस्नेत शेरबहादुर देउवा पक्षका हुन्।

यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो। कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा, प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, रमेश रिजाल उद्योग मन्त्रीमा यसअघि नै नियुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्