उपराष्टपति कार्यालयका सचिब पाण्डे पक्राउ



काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका पाण्डेलाई नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका लागि क्रममा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्