फरार एमाले सांसद कोइरी निलम्बित
काठमाडौँ।नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्।

प्रहरी प्रधान कार्यालयले आइतबार दोस्रोपटक उनलाई पक्राउ गरिदिन सहयोग माग्दै संसद सचिवालयमा पत्र पठाएपछि हत्या अभियोग लागेर अदालतले पक्राउ गर्न आदेश दिएका फरार रहेका कोइरीलाई देवराज घिमिरेले निलम्बन गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम अदालतको आदेशविपरीत फरार रहेका सांसद स्वत निलम्बनमा पर्ने व्यवस्था छ।
सत्ता पक्षीय सांसदहरुले महतोलाई निलम्बन गर्न सभामुख घिमिरेलाई चर्को दबाब दिएपछि उनले मंगलबार निर्णय गरेका हुन्।संसद अधिवेशन चालू नरहेकाले सूचना टाँस गरेर उनको निलम्बन प्रक्रिया पूरा गरिने भएको हो। महतो महोत्तरी १ बाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभास सदस्य बनेका थिए।

