थुलुङ दुधकोशी र माप्य दुधकोशीमा शिक्षकहरुका लागि तीनदिने मनोसामाजिक बिमर्श तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा गाउँपालिकाको समन्वयमा थुलुङ दुधकोशी गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकामा विद्यालय शिक्षकहरुका लागि तीन दिने मनोसामाजिक मनोविमर्श तालिम आजबाट सुरु भएको छ।
गाउँपालिकाको सभाहलमा सुरु उक्त तालिमको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभयो।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षक मानसिक रुपमा स्वस्थ हुनुपर्ने बताउनुभयोविभिन्न खालका बालबालिकाहरु विद्यालयमा आउने हुँदा बालबालिकाको मनोभावना बुझेर शिक्षकहरुले शिक्षण गर्नुपर्ने भएकोले यो तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो। शिक्षा क्षेत्र आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउदै सम्पूर्ण शिक्षकलाई सिकेका सिप विद्यालयमा लागुगर्न र आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले विद्यालय पनि समाजकै पाटो भएकोले मनोसामाजिक परामर्स विद्यालयमा अति आवश्यक रहेको बताउँंदै तालिम आयोजनाको लागि रीड नेपाललाई धन्यवाद दिनुभयो ! रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षतामा संचालित तालिममा १५ विद्यालयका १५ जना जेन्डर फोकल शिक्षक र २ जना स्थानीय स्रोत शिक्षकको उपस्थिति रहेको छ कार्यक्रको सहजीकरण स्वेता अधिकारी,सम्वृद्धि लामिछाने, रमण विष्ट र किरण खड्काले गरिरहनु भएको छ
त्यस्तै, माप्य दुधकोशी गाउँपालिकामा संचालित तालिमको उद्घाटन गाउँ पालिका उपाध्यक्ष गौरव राईले गर्नु भएको छ ।कार्यक्रममा बोल्दै उपाध्यक्ष गौरव राईले तालिम महत्त्वपूर्ण र आवश्यक भएको बताउनुभयो साथै सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नु भयो कार्यक्रममा निमित्त प्रमुख प्रशाशाकीय अधिकृत जितेन्द्र यादब , शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराई को उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी र स्थानीय स्रोत शिक्षकहरु सहित २२ जनाको उपस्थिति रहेको छ सहजीकरण आस्था खनाल, एलिष्टा सुवेदी र सचिन भट्टले गरिरहनु भएको छ यो भन्दा अगाडी सोलु दुधकुण्ड मा यही प्रकृतिको तालिम संचालन गरि सकेको रीड नेपालले जनाएको छ !