महाकुलुङमा खुल्ला गजल,कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न



सोलुखुम्बु। महाकुलुङ गाउँपालिकास्तरीय साहित्य सिर्जना प्रष्फुटनका लागि आयोजना गरिएको खुल्ला गजल, कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न भएको छ।

‘नगर केन्द्रित मात्र हाेईन साहित्य सिर्जना गाउँस्तरदेखि उजागर अवकाे आवश्यक्ता’ भन्ने मुल नाराका साथ स्थानीय साहित्यप्रेमी दुई युवा मनुहाङ किराँती र झलक कुलुङद्वारा आयोजित सो प्रतियोगितामा कविता तर्फ युनिका कुलुङको ‘मेराे देश नेपाल’प्रथम,विविशिका कुलुङको ‘मेराे देश’द्वितीय र गणेश कुलुङको ‘संस्कृति’ तृतीय र दिपन कुलुङ ‘आमा’ शिर्षकको कविताले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजक मनुहाङ किरांतीले जानकारी दिए।

गजलतर्फ गणेश कुलुङ प्रथम,ज्ञानुका कुलुङ द्वितीय र
सञ्जय कुलुङ तृतीय भएका थिए।दुबै बिधामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद दुई हजार,पन्ध्र सय,एक हजार र र पांछ सयको साथमा प्रमाण पत्रले सम्मान गरिएको थियो।

सोमबार सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सूर्य कुलुङले महाकुलुङमा साहित्य सम्बन्धि प्रतियोगिता ईतिहासमै पहिलाे पटक भएकाेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा गाउँपालिका यस किसिमका कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएपनि साहित्य तर्फ पछाडी परेको बताएका राईले यस्ता कार्यक्रमहरुले यो क्षेत्र पनि अब्बल बन्नेमा दुई मत नरहेको धारणा राखेका थिए।

कार्यक्रममा उपाध्यक्ष बिपना कुलुङ, ५ नं वडाध्यक्ष महलसिंह कुलुङ र गुंदेल माबिका प्रधानाध्यापक लवकुमार राई लगायतको उपस्थिति रहेको सो कार्यक्रममा वडाध्यक्ष महलसिं कुलुङले आगामी दिनहरुमा यस्ता साहित्यक कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्थापन गर्न वडा समेत नचुक्ने प्रतिबद्धता व्यक्त गरे।

महाकुलुङका हकमा साहित्यकाे क्षेत्रको उत्थानका लागि आफ्नै विद्यार्थी मनुहाङ किराँती र झलक कुलुङले सुरुवात गरेकाेमा बधाई र धन्यवाद समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्