‘गणतन्त्रमा उच्च पदस्थले राज्यकोषबाट र सर्बसाधरणले आफैंले उपचार गर्नुपर्ने विभेद अन्त्य हुनुपर्छ’



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थले राज्यकोषबाट र सर्बसाधरणले आफैंले उपचार गर्नुपर्ने विभेद अन्त्य हुनुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्। उनले भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्न पनि आग्रह गरे ।

‘यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ,’ उनले भने, ‘म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त । त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्याउँछ ?’foto file

प्रतिक्रिया दिनुहोस्