रारा तालको आँगनमा चार श्रष्टाका चार कृतिको लोकार्पण
विष्णु थापा,काठमाडौं। प्राकृतिक छ्टाले भरिपुर्ण सुन्दर चुचेमारा हिमाललाई साक्षी राखी मुगुको रारा ताल आँगनमा हालै चार कृतिको विमोचन भएको गरिएको छ ।
चार जना स्रष्टाको चार कृतिमा -रुद्र अधिकारीको मुक्तक सङ्ग्रह शून्य गगन, विष्णु थापा विछोडको मुक्तक सङ्ग्रह जीवनको लय ,लव खड्का जय भद्रकालीको मुक्तक सङ्ग्रह कैवल्य र रविन्द्र आशिष शैलीको कविता सङ्ग्रह हिंडिरहेका आँखाहरू विमोचन भएका थिए। कृतिकार आफैले आफ्नो कृति विमोचन गरिएको उक्त कार्यक्रम एतिहासिक तथा साहित्य क्षेत्रमा नौलो आयामको रुपमा हेरिएको छ ।
काठमाडौ देखि रारा तालसम्म गएर लोकार्पण गरिएको यो पहिलो कार्यक्रम भएको अविरल मुक्तक यात्राका संयोजक तथा अध्यक्ष रुद्र अधिकारीले दावी गर्नु भएको छ ।
बैशाख ९ गते काठमाडौदेखि मुगु जिल्लाको रारा ताललाई लक्षित गरि यात्रामा निस्किएका साहित्यकारहरुको कृति विमोचन साहित्यिक यात्रा १५ गते काठमाडौ आएर समापन गरेका थिए । ।
उक्त यात्राको आयोजना अविरल मुक्तक यात्रा परिवारले गरेको थियो ।