एकैसाथ बिमोचन गरिए मुक्तककार योञ्जनका तीन कृति



काठमाडौं।मुक्तककार दिलीप याेञ्जन तामाङका एक कृतिको बिमोचन र दुईको लोकार्पण एकैसाथ गरिएको छ।

अमेरिकालाई कर्मथलो बनाएपनि नेपाली भाषा र साहित्यको उन्नयनका लागि निरन्तर कलम चलाउंदै आउनुभएका तामाङका ती कृतिको शनिबार एकैसाथ लोकार्पण र बिमोचन गरिएको हो।

प्रज्ञा प्रतिष्ठानमा आयोजित बृहत रचना बाचन तथा सम्पादक त्रय सम्मान कार्यक्रममा प्रमुख अतिथि रामकाजी कोने,विशिष्ट अतिथि साहित्यकार उषा शेरचन,कलानिधी दाहाल लगायतले बिमोचन गर्नुभएको थियो। ‘आगमन’ मुक्तक सङ्ग्रह काे बिमाेेचन साथै ‘अमर’ र ‘अविरल’ मुक्तक सङ्ग्रहकाे दाेस्राे संस्करणकाे लाेकार्पण गरिएकाे साहित्यकार मदन नेपालले जानकारी दिनुभयो ।

हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रहस्य साप्ताहिकका सम्पादक मुक्ति बास्तोला,दिब्यदर्शन साप्ताहिकका सम्पादक सुशील तिवारी तथा दिब्य चक्क्षु साप्ताहिकका सम्पादक डा. अश्वस्थामा खरेललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

उपत्यकामा रहेका अधिकांश साहित्यिक संघ संस्थाका प्रमुख सहित साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न साहित्यकारहरुले आ-आफ्नो रचना बाचन गर्नुभएको साहित्यकार नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्